सीइडीबी हाइड्रोपावरले ११ प्रतिशत बोनस दिने, त्यसपछि ५४.५ प्रतिशत हकप्रद जारी गर्ने « Arthapath.com
३० भाद्र २०८१, आईतवार

सीइडीबी हाइड्रोपावरले ११ प्रतिशत बोनस दिने, त्यसपछि ५४.५ प्रतिशत हकप्रद जारी गर्ने



काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बोनस सेयर वितरण गरेपछि हकप्रद सेयर जारी गर्ने भएको छ ।
कम्पनीले २ आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गरेर हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८०-८१ र अघिल्लो आर्थिक वर्ष २०७९–८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत (कर बाहेक) का दरले बोनस सेयर वितरण भएको हो । उक्त बोनस सेयर वितरणपश्चात ५४.५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

उक्त बोनस सेयर र हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले साधारण सभा पनि बोलाएको छ । कम्पनीले आगामी २१ गते सभा बोलाएको हो ।

सभामा दुई आवको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । चालु आव २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण पनि सोही सभाले गर्ने छ । सभा प्रयोजनको लागि कम्पनीले असोज ७ गते बुक क्लोज गर्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्