सेयर बजारको गिरावट कायमै, आज पनि दोहोरो अंकले घट्यो « Arthapath.com
२८ पुष २०८१, आईतवार

सेयर बजारको गिरावट कायमै, आज पनि दोहोरो अंकले घट्यो



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । साताको पहिलो कारोबार दिन बजार २५.४१ अंक घटेको हो ।

आइतबार बजार परिसूचक २ हजार ६०९.६७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । गत बिहीबार पनि बजार १८.१४ अंकले घटेको थियो । आज पनि बजारको ओरालो यात्रा कायमै देखिएको हो ।

आज सबै समूहहरु राताम्य बनेका छन् । आज सबैभन्दा धेरै फाइनान्स समूह ३.६० प्रतिशत अर्थात् १०९.२५ अंक घटेको छ ।

विकास बैंक समूह पनि १.६० प्रतिशत, हाइड्रोपावर १.४४ प्रतिशत, उत्पादन तथा प्रशोधन १.३६ प्रतिशत, व्यापार समूह १.१० प्रतिशत घटेका छन् । आज कारोबार रकम भने ३ अर्ब ९९ करोड ७९ लाख ९ हजार रुपैयाँमा समिति भएको छ ।


प्रतिक्रिया दिनुहोस्