लगातार तीन कारोबार दिनपछि सेयर बजारमा करेक्सन, बुधवार सामान्य सुधार

काठमाडौं । लगातर तीन कारोबार दिन ओरालो लागेको सेयर बजारमा सामान्य करेक्सन देखिएको छ । बुधवार बजारमा १.८३ अंकको बढोत्तरी देखिएको हो ।
उक्त दिन बजार २ हजार ५९५.९६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज विकास बैंक समूह ५८.१३ अंक, होटल तथा पर्यटन समूह १०७.२५ अंक, जीवन बीमा समूह १०.२२ अंक, उत्पादन तथा प्रशोधन समूह ३२.१२ अंक वृद्धि भएको छ ।
अन्य समूह शीर्षक र व्यापार समूह पनि झिनो वृद्धि भएका छन् । यी बाहेकका बैंक, लगानी, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूह भने घटेका छन्।
आज कारोबार रकम भने केही घटेको अघिल्ला दिन अर्थात् गत सोमबार ६ अर्ब १८ करोड बढीको सेयर खरिदबिक्री भएको थियो । तर, आज भने ५ अर्ब ७८ करोड १० लाख बढी सेयर कारोबार भएको छ।