एक कम्पनीको ७६ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
आइतबार कम्पनीको ७६ लाख ९० हजार ६५२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले १८.३८११ प्रतिशत बापतको सो बोनस सेयर सूचीकृत गराएको हो ।
अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।