सेयर बजारमा देखिएन उत्साह, झिनो अंकले बढ्यो नेप्से

काठमाडौं । सोमबार सेयर बजारमा झिनो अंकको वृद्धि देखिएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ६.७८ अकंले बढेर २६०७.९९ बिन्दुमा कायम भएको छ ।
बैंक तथा वित्तीय संस्थाको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका थिए । वित्तीय विवरण उत्साहजनक नदेखिँदा बजारमा उत्साह घटेको देखिन्छ ।
आज ३११ कम्पनीको १ करोड ३६ लाख ७७ हजार कित्ता से’यर किनबेच हुँदा ६ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ ।
आज बैंक समूहको ०.२० प्रतिशत, विकास बैंक समूहको ०.६० प्रतिशत, फाइनान्स समूहको २.५३ प्रतिशत, हाइड्रोपावर समूहको ०.०२ प्रतिशत र माक्रोफाइनान्स समूहको ०.०४ प्रतिशतले घटेको छ ।
आज ११८ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको घटेको छ । यस दिन रिभर फल्सको सबैभन्दा बढी कारोबार भएको छ । यस दिनकम्पनीको २४ करोड एक लाख रुपैयाँको कारोबार भएको छ ।
मानुषी लघुवित्तका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यस कम्पनीको सेयरमूल्य आज ९.०५ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, रिभर फल्स पावर, दोल्ती पावर, मध्यभोटेकोशी जलविद्युत लगायत कम्पनीको सेयर मूल्य बढेको छ ।