चार दिनको उकालो यात्रापछि घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट « Arthapath.com
१० माघ २०८१, बिहीबार

चार दिनको उकालो यात्रापछि घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट



काठमाडौं । लगातर चार कारोबार दिनको उकालो यात्रापछि सेयर बजार घटेको छ । बिहीबार बजार दोहोरो अंकले घटेको छ ।

साताको अन्तिम कारोबार दिन बजार ११.१० अंक घटेको हो । उक्त दिन बजार परिसूचक १ हजार ६५४.३५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

उक्त दिन विकास बैंक सूमह ४५.८८ अंक र उत्पादन तथा प्रशोधन समूह ०.३५ अंक मात्रै बढेको छ । यी बाहेकका अन्य समूह भने राताम्य बनेका छन् ।

बुधवार ९ अर्ब बढीको सेयर खरिदबिक्री भएको थियो । तर, आज घटेर ७ अर्ब ८५ करोड ७७ लाखमा सिमित भएको छ ।


प्रतिक्रिया दिनुहोस्