सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ९ अर्बमाथि « Arthapath.com
१३ माघ २०८१, आईतवार

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ९ अर्बमाथि



काठमाडौं । आइतबार सेयर बजारमा दोहोरो अंकले घटेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक १०.४१ अंकले घटेर २६४३.९३ अंकमा झरेको छ ।

कारोबार अवधिभर ३१८ कम्पनीको १ करोड ५७ लाख २० हजार ३६७ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब १२ करोड ८६ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ । आइतबार ८ उपसूचक राताम्य रहे भने ५ उपसूचक बढे ।

कारोबार रकमको आधारमा सप्तकोसी डेभलपमेन्ट बैंक अगाडि देखिएको छ । यस बैंकको ३९ करोड ५३ लाख ७३ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

यस दिन उपकर लघुवित्त र माथिल्लो मैलुङ खोला जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढ्यो । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, आरम्भ चौतारी लघुवित्त सिक्लेस हाइड्रोपावर लगायत ११६ कम्पनीको सेयर मूल्य बढेको छ ।

त्यस्तै बोटलर्स नेपाल (बालाजु), दोल्ती पावर, जानकी फाइनान्सको सेयर मूल्य १० प्रतिशत घट्यो । यी सहित १२१ कम्पनीको सेयर मूल्य घटेका छन् ।


प्रतिक्रिया दिनुहोस्