सेयर बजारमा सामान्य वृद्धि, ७ अर्बको कारोबार

काठमाडौं । मंगलबार सेयर बजार झिनो अंकले बढेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ६.५४ अंकले बढेको हो । यो सँगै नेप्से २६८३.८६ बिन्दुमा उक्लिएको छ ।
मंगलबार २९९ कम्पनीको १ करोड ३९ लाख ६८ हजार २५८ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब २४ करोड ६२ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सूचीकृत १३ मध्ये पाँच उपसूचक मात्र बढेका छन् बाँकी ८ सूचक घटेका छन् ।
आज १३४ कम्पनीको सेयर मूल्य बढ्यो भने ९८ कम्पनीको घट्यो । ११ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
सेयर बजारमा सामान्य बढोत्तरी हुँदा सिक्लेस हाइड्रोपावर, भगवती हाइड्रोपावर, रसुवागढी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । तीन वटै कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ ।
यता, भूगोल इनर्जीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा भने सिईडीबी होल्डिङ्गस् अग्र स्थानमा रह्यो । कम्पनीको ३६ करोड ८१ लाख ८२ हजार रुपैयाँ बराबर कारोबार भयो ।