सेयर बजारमा गिरावट, फाइनान्समा लगानीकर्ताको आकर्षण « Arthapath.com
१ फाल्गुन २०८१, बिहीबार

सेयर बजारमा गिरावट, फाइनान्समा लगानीकर्ताको आकर्षण



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ । यसदिन सेयर बजार नेप्से परिसूचक ७.२६ अंक घटेर २६८५.७३ बिन्दुमा कायम भएको छ ।

बजार घट्दा आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब ७१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९२ करोडको भयो ।

बजारमा आज १२४ कम्पनीको मूल्य बढेको छ । ९९ कम्पनीको मूल्य घट्दा ११ कम्पनीको मूल्यउ स्थिर रहेको छ ।

विकास बैंक, फाइनान्स, लगानी र जीवन बीमा समूहको परिसूचक बढ्दा अन्य समूहका परिसूचक घटेका छन् । सबैभन्दा धेरै गिरावट व्यापारमूलक समूहमा भएको छ ।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, मातृभूमि लघुवित्त र पोखरा फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । बाराही हाइड्रोपावरको मूल्य ६.७७ प्रतिशत बढ्यो ।

न्यादी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । सामुदायिक लघुवित्तको ४.९, रिभर फल्स पावरको ४.१० तथा एनएलजी इन्स्योरेन्सको ३.५ प्रतिशत मूल्य घट्यो।

कारोबारका आधारमा आज एनआरएन इन्फास्ट्रक्चर सबैभन्दा अगाडि रह्यो ।


प्रतिक्रिया दिनुहोस्