सेयर बजारको लगातार उकालो यात्रा कायमै, यो साता पुरै कारोबार दिन बढ्यो « Arthapath.com
८ फाल्गुन २०८१, बिहीबार

सेयर बजारको लगातार उकालो यात्रा कायमै, यो साता पुरै कारोबार दिन बढ्यो



काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य बढेको छ । बिहीबार बजार ३.१४ अंक वृद्धि भएको हो ।

उक्त दिन बजार परिसूचक २ हजार ७४३.७४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज जीवन बीमा समूह ३२५.३८ अंक, निर्जीवन बीमा ८१.३३ अंक, व्यापार समूह १६०.७७ अंक, अन्य समूह १२.८२ अंक वृद्धि भएको छ। यी बाहेकका बैंकिङ्ग, फाइनान्स, माइक्रोफाइनान्स लगायतका समूह भने राताम्य बनेका छन् ।

यो साता सेयर बजार पुरै दिन हरियाली बनेको छ । साताको पहिलो कारोबार दिन बजार १९.५६ अंक बढेको थियो । सोमबार पनि २९.८७ अंक, मंगलबार १२.६८ अंक वृद्धि भएको छ । बुधार भने सार्वजनिक बिदा भएकाले कारोबार भएको थिएन् ।
आजकुल ८ अर्ब ६२ करोड ७६ लाख ८७ हजार रुपैयाँ बराबरको १ करोड ५६ लाख ३७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

सातको अन्तिम कारोबार दिन नेपाल पुनर्बीमा कम्पनीकै सर्वाधिक ६५ करोड ६६ लाख ७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । दोस्रो स्थानमा रहेको हिमालयन रिइन्स्योरेन्सको पनि ३८ करोड ३७ लाख २७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

यस्तै, आज सीइडीबी होल्डिङको ३६ करोड ४९ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको २२ करोड ६ लाख, नारायणी डेभलपमेन्टको १९ करोड २४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

आज गार्डियन माइक्रो लाइफको सेयर भाउ सर्किट लेभलमा वृद्धि भएको छ। आज कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशत वृद्धि भएको हो ।

यस्तै, आज विन नेपाल लघुवित्तको सेयर भाउ पनि ९.६९ प्रतिशत, अपर हेवा खोलाको ९.१४ प्रतिशत, लक्ष्मी लघुवित्तको ८.२१ प्रतिशत, उपकार लघुवित्तको ८.१० प्रतिशत वृद्धि भएको छ। आज यी कम्पनीसहित सगरमाथा जलविद्युत, नारायणी डेभलपमेन्ट, एलआइसी नेपाल लगायतका लगानीकर्ताले उच्च दरमा कमाएका छन् । उक्त दिन ८१ वटा कम्पनीको सेयर भाउ वृद्धि भएको छ।

तर, बिहीबार १५८ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ । आज सर्वाधिक सेयर भाउ बाराही हाइड्रोपावरको घटेको छ । कम्पनीको सेयर मूल्य आज ८.३५ प्रतिशत घटेको हो ।

यस्तै, गरिमा समृद्धि योजनाको सेयर मूल्य पनि ७.७० प्रतिशत, भुगोल इनर्जीको ५.७८ प्रतिशत घटेको छ। यी कम्पनीसहित आज दिव्यश्वरी हाइड्रोपावर, नेपाल एसविआई बैंकको ऋणपत्र २०८९, उन्नती सहकार्य लघवित्त, अपर लोहरे खोला, न्यादी हाइड्रोपावर लगायतका लगानीकर्ताले गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्