सेयर बारमा उछाल : २९ सय बिन्दु नजिक नेप्से, कारोबार १४ अर्ब नाघ्यो « Arthapath.com
१८ फाल्गुन २०८१, आईतवार

सेयर बारमा उछाल : २९ सय बिन्दु नजिक नेप्से, कारोबार १४ अर्ब नाघ्यो



काठमाडौं । आइतबार सेयर बारमा उछाल देखिएको छ । सेयर बजार २ हजार नौ सय नजिक पुगेको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक ७५.२४ अंकले बढेर २८९० बिन्दु पार गरेको छ ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि बजारले लय समाएको छ ।

आज नेप्सेसँगै कारोबार रकममा समेत उछाल आएको छ । आइतबार १४ अर्ब २५ करोड ४ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार अवधिभर ३०२ कम्पनीको २ करोड ९१ लाख ६६ हजार ६५६ कित्ता सेयर किनबेच भएको छ ।

यस दिन म्युचुअल फण्डबाहेक अन्य सबै सूचकमा हरियाली छाएको छ ।

आज फाइनान्स, होटल एण्ड पर्यटन, लाइफ इन्स्योरेन्स, उत्पादन तथा प्रशोधन समूह चम्किएको छ । यी समूहमा ४ प्रतिशत भन्दा माथिको बढोत्तरी छ ।

बजारमा उछाल आउँदा १९६ कम्पनीको मूल्य बढ्यो । ४४ कम्पनीको मूल्य घट्दा ४ कम्पनीको मूल्य स्थिर रह्यो ।

हिमालयन डिस्टीलरी, गार्डीयन माइक्रो लाइफ, नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो ।


प्रतिक्रिया दिनुहोस्