सेयर बजारमा गिरावट : नेप्सेसँगै सुस्तायो कारोबार « Arthapath.com
२० फाल्गुन २०८१, मंगलवार

सेयर बजारमा गिरावट : नेप्सेसँगै सुस्तायो कारोबार



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । सोमबार दोहोरो अंकले घटेको बजार आज पनि ओरालो लागेको हो । यस दिन बजार मापक नेप्से परिसूचक ३०.३६ अंकले घटेर २८४६.३० बिन्दुमा ओर्लिएको छ ।

आज बजार परिसूचकसँगै कारोबार रकम पनि सुस्ताएको छ । यस दिन १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोमबार १४ अर्ब २८ करोडको कारोबार भएको थियो ।

कारोबार अवधिभर ३१८ कम्पनीको २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर किनबेच भाको छ ।

बजार घट्दा १९८ कम्पनीको मूल्य घट्यो भने ४१ कम्पनीको बढ्यो । पाँच कम्पनीको मूल्य भने स्थिर रह्यो ।

आज गार्डीयन माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो ।

त्यस्तै, आत्मनिर्भर लघुवित्त, युनिभर्सल पावर, बरुण हाइड्रोपावर र शिव श्री हाइड्रोपावर लगायत कम्पनीको मूल्य बढेका छन् ।

यता, सिन्धु विकास बैंकको सेयर मूल्य १० प्रतिशतले घट्यो । शृजनशिल लघुवित्त, नेपाल रिपब्लिक मिडिया, समाज लघुवित्त, अभियान लघुवित्त लगायत कम्पनीको मूल्यमा गिरावट आएको छ ।

कारोबार रकमका आधारमा भने हिमालयन रि इन्स्योरेन्स अगाडि छ । आज १३ वटै उपसूचक राताम्य देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्