सेयर बजारमा उच्च गिरावट : सबै सूचक राताम्य, २४ कम्पनीको मात्र मूल्य बढ्यो

काठमाडौं । आइतबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । यस दिन सेयर बजार १,६४ प्रतिशत अर्थात् ४६.३३ अंकले घटेको छ ।
यो सँगै नेप्से २७७२.१० बिदुमा झरेको छ ।
आइतबार ३१५ कम्पनीको २ करोड २७ लाख २६ हजार कित्ता सेयर १० अर्ब ९ करोड ३६ लाख ५४ हजार रुपैयाँमा किनबेच भएको छ ।
यस दिन २४ कम्पनीको मात्र सेयर मूल्य बढेको छ ।२१७ कम्पनीको मूल्य घट्दा २ कम्पनीको भने स्थिर रह्यो । आज सबै सूचक राताम्य बनेको छ ।
यस दिन गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र भूगोल इनर्जीको मूल्य १० प्रतिशत बढ्यो ।
उपकार लघुवित्त र सिन्धु विकास बैंकको मूल्य १० प्रतिशत घट्यो । राप्ती हाइड्रोपावरको ९.८७, समाज लघुवित्तको ७.२८ तथा सगरमाथा जलविद्युतको मूल्य ५.२८ प्रतिशत घट्यो ।
हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै १ अर्ब १२ करोडको कारोबार भयो ।