निरन्तर ओरालो लाग्दै सेयर बजार « Arthapath.com
६ चैत्र २०८१, बुधबार

निरन्तर ओरालो लाग्दै सेयर बजार



काठमाडौं । सेयर बजारको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक १४.८८ अंकले घटेर २६८२.१५ बिन्दुमा झरेको छ ।

बुधबार ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ । यसदिन ३११ कम्पनीको ९५ लाख ८३ हजार ८२९ कित्ता सेयर किनबेच भएको छ । पछिल्लो समय सेयर बजार सुस्ताएको छ । लगानीकर्ताहरू पर्ख र हेरको मनस्थितिमा देखिन्छन् ।

यस दिन ५३ कम्पनीको बढ्यो भने १८३ कम्पनीको घट्यो । ७ कम्पनीको मूल्य भने स्थिर रह्यो । नेप्सेमा सूचिकृत १३ उपसमूहमध्ये ३ उपसमूह मात्र बढेको छ । बाँकी १० उपसमूह राताम्य बनेको छ ।

यस दिन मिथिला लघुवित्त, गरिमा समृद्धि योजना, भूगोल इनर्जी, ग्रीन डेभलपमेन्ट बैंक, रावा इनर्जी लगायत कम्पनीको मूल्य बढेका छन् ।
त्यस्तै, सामुदायिक लघुवित्त, हिमालयन पावर पार्टनर, स्वेत गंगा हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, मनकामना इन्जिनियरिङ हाइड्रोपावर लगायत कम्पनीको मूल्य घटेका छन् ।

कारोबार रकमको आधारमा भने हिमालयन रि इन्स्योरेन्स अग्रस्थानमा छ ।कम्पनीको २९ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर लगायत कम्पनी क्रमश: अगाडि छन् ।


प्रतिक्रिया दिनुहोस्