पाँच कम्पनीको सेयर मूल्यमा उछाल, ९४ वटा कम्पनीको भाउ बढ्यो, कुनको कति ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन आधा दर्जन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।
आज ५ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बिहीबार रिभर फल्स पावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर भाउ १० प्रतिशत अर्थात् प्रतिकित्ता ४७.६९ रुपैयाँ बढेर ५२४.६० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज बुटवल पावरको सेयर मूल्य पनि ९.९८ प्रीतशत, प्योर इनर्जीको ९.९८ प्रतिशत, बरुण हाइड्रोपावरको ९.९७ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको ८.६१ प्रतिशत वृद्धि भएको छ । योसँगै आज यी कम्पनीहरुको सेयर भाउ क्रमशः ६३२.१० रुपैयाँ, ५१२.३० रुपैयाँ, ३१९.३० रुपैयाँ र एक हजार ८० रुपैयाँ पुगेको छ ।
आज यी कम्पनीहरुसहित राधी विद्युत, सुपर मादी, युनिभर्सल पावर, एशियन हाइड्रोपावरसहित ९४ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ ।

