डेढ सय कम्पनीको सेयर मूल्यमा गिरावट, आज सबैभन्दा धेरै गुमाउनेहरु कुन-कुन हुन् ? « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

डेढ सय कम्पनीको सेयर मूल्यमा गिरावट, आज सबैभन्दा धेरै गुमाउनेहरु कुन-कुन हुन् ?



काठमाडौं । बिहीबार डेढ सय कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज १५३ वटा कम्पनीको सेयर भाउ घटेको हो ।

साताको अन्तिम कारोाबर दिन सबैभन्दा धेरै अर्थात् ९.७६ प्रतिशत ओम मेगाश्रीको सेयर भाउ घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९४.७० रुपैयाँ घटेर १ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य पनि ३.७६ प्रतिशत, एनएमबि ५० को ३.६७ प्रतिशत, सुपर माई हाइड्रोपावरको ३.५५ प्रतिशत र जनउत्थान सामुदायिक लघुवित्तको ३.४७ प्रतिशत घटेको छ । आज यीसहित १५३ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्