नेप्से २७०५ को विन्दुमा स्थिर: साढे ३ अर्बमा खुम्चियो कारोबार « Arthapath.com
३ असार २०८३, बुधबार

नेप्से २७०५ को विन्दुमा स्थिर: साढे ३ अर्बमा खुम्चियो कारोबार



काठमाडौं । गत सातादेखि निरन्तर घट्दो क्रममा रहेको सेयर बजार आज बुधबार २७ सय ५ दशमलव ५३ बिन्दुमा स्थिर रहेको छ। मंगलबार ६.३१ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ०.०८ अंक भन्दा उकालो लाग्न सकेन ।

यस्तै आज कारोबार पनि खुम्चिएको छ। आज ३५२ कम्पनीको ८३ लाख ७५ हजार ४७१ कित्ता मात्र सेयर खरदिबिक्रि भएको छ भने उक्त सेयर ३ अर्ब ६३ करोड ७५ लाख ८९ हजार रुपैयाँमा कारोबार भएको हो ।

हिजो ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख ८ हजार ५९६ कित्ता शेयर कारोबार भएको थियो ।

आज विकास बैंक, फाइनान्स, हाइड्रोपावर, लगानी र उत्पादन तथा प्रशोधन समुहका उपसूचकमा झिनो सुधार देखिए पनि बाँकी सबै उपसूचक घटेका छन् ।

यस्तै आज १२६ कम्पनीको सेयर मूल्य बढेको छ भने १३१ कम्पनीको घटेको छ यस्तै १४ कम्पनीको सेयर मूल्यमा कुनै घटबढ भएको छैन । आज सोपान फर्मास्विटिकल्स र एपोलो हाइड्रोपावरको सेयर मूल्य १४.९९ प्रतिशतले बढेका छन ।


प्रतिक्रिया दिनुहोस्