आज पनि ६ अंकले घट्यो शेयर बजार
काठमाडौं । आज पनि शेयर बजार घटेर बन्द भएको छ । आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.३१ अंकले घटेको छ । आज नेप्से ०.२३ प्रतिशतले घट्दा परिसूचक २७०५.४५ विन्दुमा पुगेको छ ।
आज नेप्से घट्दा ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख ८ हजार ५९६ कित्ता शेयर कारोबार भएको छ ।
आज बजार बन्द हुँदा ८० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज दिनभरमा ३५५ वटा कम्पनी कारोबारमा आउँदा ४८ हजार ११६ पटक शेयर किनबेच भएको छ । आज १३ समूहमध्ये म्युचुअल फण्ड र ट्रेडिङ समूह बाहेक सबै समूह घटेको छ ।












