नेप्से २६ अंकले घट्यो, कारोबार ३ अर्ब ५५ करोड मात्र  « Arthapath.com
२२ असार २०८३, सोमबार

नेप्से २६ अंकले घट्यो, कारोबार ३ अर्ब ५५ करोड मात्र 



काठमाडौं । आज शेयर बजार घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.२९ अंकले घटेर २६२७.११ विन्दुमा पुगेको छ । 

आज नेप्से ०.९९ प्रतिशतले घट्दा ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज दिनभरमै ७५ करोड ४० लाख ४१८ कित्ता शेयर कारोबार भएको छ । 

आज दिनभरमा ३४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २३९ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज दिनभर ३५६ वटा कम्पनीको शेयर ४६ हजार २४६ पटक शेयर किनबेच भएको छ । 


प्रतिक्रिया दिनुहोस्