तपाईलाई पर्यो सर्वोत्तम सिमेन्टको आईपीओ ? यसरी सजिलै हेर्न सकिन्छ नतिजा « Arthapath.com
२५ फाल्गुन २०८०, शुक्रबार

तपाईलाई पर्यो सर्वोत्तम सिमेन्टको आईपीओ ? यसरी सजिलै हेर्न सकिन्छ नतिजा



काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ । कम्पननीले गत फागुन १३ गतेदेखि १६ गते बुधवारसम्म आइपीओ बिक्री गरेको थियो ।

कम्पनीको आइपीओ आज अर्थात् फागुन २५ गते शुक्रबार बाँडफाँट गरिएको हो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे सो आईपीओ बाँडफाँट भएको छ ।

कम्पनीको आइपीओ ५५ हजार ५२१ जनाले ५० कित्ताका दरले पाएका छन् । कम्पनीको आइपीओ २६ जनाले भने थप एक/एक कित्ता सेयर प्राप्त गरेका छन् ।

कम्पनीको आइपीओमा कुल कुल ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता सेयरका लागि आवेदन परेको थियो ।
क्यापिटलका अनुसार ९ लाख ५८ हजार ९५९ आवेदन स्वीकृत र १ हजार ३४२ आवेदन रद्द भएको छ ।

कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता सर्वसाधारणका लागि आइपीओ बिक्रीमा ल्याएको थियो । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको आइपीओमा कुल १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार रुपैयाँ संकलन भएको छ ।

कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दर आवेदन दिन मिल्नेगरि आइपिओ बिक्रीमा ल्याएको हो, लगानीकर्ता न्युनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था थियो । अधिकतम भने १० हजार कित्ताका लागि आवेदन सकिने छ । न्युनतम ५० कित्ताका लागि आवेदन दिन पनि १८ हजार ४५ रुपैयाँ हाल्नुपर्ने व्यवस्था थियो ।

कम्पनीको आइपीओ रिजल्ट हेर्न सिडिएस एण्ड क्लियरिङ्गको वेवसाइट https://iporesult.cdsc.com.np/ र बिक्री प्रबन्धकको वेवसाइट https://globalimecapital.com/ipo-fpo-share-allotment-check मार्फत सजिलै हेर्न सकिने छ ।


प्रतिक्रिया दिनुहोस्