क्रेष्ट माइक्रो लाइफले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल « Arthapath.com
१८ बैशाख २०८१, मंगलवार

क्रेष्ट माइक्रो लाइफले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल



काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले कूल २२ लाख ५० हजार कित्ता प्रति सेयर अंकित मूल्य १०० रुपैयाँका दरमा सर्वसाधारणहरुमा निष्काशन गर्नको छ । आइपीओ जारी गर्न कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले हस्ताक्ष्र गरेका छन् ।

माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीमा क्रेष्ट माइक्रो आइपीओ निष्कास गर्ने पहिलो कम्पनी बन्ने छ । न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघुजीवन बीमा सेवा पु¥याउने लक्ष्य लिई स्थापना भउको कम्पनी हो ।

क्रेस्ट माइक्रोले २०७९ चैत २८ गते लघु जीवन बीमाको इजाजत पत्र प्राप्त गरी २०८० जेठ ८ गते नेपाल बीमा प्राधिकरणबाट व्यवसाय सञ्चालन गर्ने स्वीकृती पत्र प्राप्त गरेकोे थियो । यस्तै, गत जेठ १० गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट कारोवारको स्वीकृती प्राप्त गरी पब्लिक लिमिटेड कम्पनीको स्वरुपमा स्थापना भएको हो ।

कम्पनीमा संयुक्त लगानीकर्ताहरुमा नेपाली प्रतिष्ठित व्यवसायी समूहहरुको संस्थापक लगानी ७० प्रतिशत रहेको छ । सार्वजनिक निष्काशन पश्चात् सर्वसाधारण लगानीकर्ताहरुको लगानी ३० प्रतिशत रहनेछ ।


प्रतिक्रिया दिनुहोस्