राप्ती हाइड्रोले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने « Arthapath.com
३१ भाद्र २०८०, आईतवार

राप्ती हाइड्रोले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने



काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनी शुक्रबार बसेको संचालक समितिको बैठकले १ः१ अनुपातमा हाल कायम चुक्तापुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

कम्पनीले १०० अंकित दरका कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । हकप्रद निष्कासन प्रस्ताव पारितका लागि कम्पनीले विद्युत नियमन आयोगमा पठाउने निर्णय समेत गरेको छ ।

अब आयोगबाट स्वीकृति प्राप्त भई आगामी साधारण सभामा बाट अनुमोदन हुनु पर्नेछ । सो पश्चात नेपाल धितोपत्र बोर्ड स्वीकृती दिए पछि मात्र कम्पनीले हकप्रद निष्कासन गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्