अपर तामाकोशी हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद थप « Arthapath.com
५ आश्विन २०८०, शुक्रबार

अपर तामाकोशी हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद थप



काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रदमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले तोकेको अवधि (असोज ७गते) भित्र माग बमोजिमको आवेदन नपर्ने देखिएपछि आवेदन दिने म्याद थप भएको हो ।

हकप्रदमा अब असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले भदौ १८ गतेदेखि १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले १ सय अंकित मूल्यमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्नेछ । हकप्रद सेयर बिक्री प्रयोजनका लागि कम्पनीले साउन २६ गते बुक क्लोज भएको हुदाँ साउन २५ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् । तसर्थ, साउन २५ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रदमा आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । यस कम्पनीले कर्जा तिर्न र २२ मेगावाटको रोल्वालिङ खोला निर्माण गर्न हकप्रद सेयर मार्फत रकम संकलन गर्न लागेको हो ।

कम्पनीको बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । साथै, लगानीकर्ताहरुले यी स्थानबाट पनि आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्