रिडी पावरको हकप्रद सेयर निष्कासन, कहिलेसम्म दिने आवेदन ? « Arthapath.com
१८ फाल्गुन २०८०, शुक्रबार

रिडी पावरको हकप्रद सेयर निष्कासन, कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । रिडी पावर कम्पनीले हकप्रद सेयर निष्कासन भएको छ । कम्पनीले आज अर्थात् फागुन १८ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले १:०.५० अनुपातमा १०० रुपैयाँ अंकित दरमा ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

हकप्रद सेयर प्रयोजनका लागि कम्पनीले गत माघ २२ गते बुक क्लोज गरिसकेको छ । त्यसका आधारमा माघ २१ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

उक्त सेयरमा आगामी चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्सकासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

कम्पनीको हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटल र कम्पनीको केन्द्रीय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्