७५ प्रतिशत हकप्रद सेयर ल्याउँदै घोराही सिमेन्ट, प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा, बुक क्लोज कहिले ? « Arthapath.com
२ श्रावण २०८३, शनिबार

७५ प्रतिशत हकप्रद सेयर ल्याउँदै घोराही सिमेन्ट, प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रिले हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीको पुस ५ गते शुक्रबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ अर्ब ४२ करोड ५७ लाख ६४ हजार २७५ रुपैयाँ बराबरको ३ करोड ४२ लाख ५७ हजार ६४२.७५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ७.५ कित्ताको अनुपातमा हकप्रद जारी गर्न लागेको हो ।

हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले आगामी पुस २७ गते साधारण सभा आह्वान गरेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्