एलआइसी नेपालको हकप्रद सेयरमा आजसम्म आवेदन दिन सकिने « Arthapath.com
१७ पुष २०८१, बुधबार

एलआइसी नेपालको हकप्रद सेयरमा आजसम्म आवेदन दिन सकिने



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम मौका रहेको छ ।

आज बैंकिङ्ग समयसम्म कम्पनीको हकप्रद सेयर खरिदका लागि आवेदन दिन सकिने छ ।
कम्पनीले गत मंसिर १२ गतेदेखि ८८.४५१६८ प्रतिशत हकप्रद निष्कासन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले १ कित्ता सेयर बराबर नयाँ ०.८८४५१६८ कित्ता अनुपातमा हकप्रद सेयर जारी गरेको हो । कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । सोही हकप्रद सेयरमा आजसम्म आवेदन दिन सकिने छ ।

हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । हाल २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्