छुट्ला है बलेफी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर, आवेदन दिने आज अन्तिम मौका « Arthapath.com
२ श्रावण २०८३, शनिबार

छुट्ला है बलेफी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर, आवेदन दिने आज अन्तिम मौका



काठमाडौं । बलेफी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिन आज अन्तिम दिन रहेको छ ।

कम्पनीले गत मंसिर २७ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको शतप्रतिशत हकप्रद सेयरमा आज बैंकिङ्ग समयसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले १ः१ अनुपातमा १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको हो ।

हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ । त्यसका आधारमा कात्तिक २० गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्