आउँदो मंगलबारदेखि ङादी ग्रुप पावरको हकप्रद सेयर बिक्री खुला हुने
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले आउँदो मंगलबारदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।
कम्पनीले आउँदो पुस २३ गतेदेखि हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्नेछ । कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसा बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख १२ हजार ७१२.२२५ कित्ता हकप्रद सेयर जारी गर्नेछ ।
हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत मंसिर १८ गते बुक क्लोज गरिसकेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२।५० रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।













