सन नेपाल लाइफ हकप्रद सेयर बाँडफाँट « Arthapath.com
१३ असार २०८२, शुक्रबार

सन नेपाल लाइफ हकप्रद सेयर बाँडफाँट



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयर बाँडफाँट भएको छ । कम्पनीले निष्कासन गरेको २७ प्रतिशत हकप्रद सेयर बाँडफाँट भएको हो ।

कम्पनीले वैशाख ३० गतेदेखि असार ३ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

कम्पनीले १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । उक्त सेयर खरिदका लागि १ करोड ४ लाख ७१ हजार ५९२ कित्ताका लागि आवेदन परेको छ ।

कुल निष्कासन गरेको सेयरमा २ लाख २४ हजार ७२८ कित्ताका लागि आवेदन नपरेको अर्थात् बिक्री नभएको देखिन्छ । उक्त बिक्री नभएको बाँकी सेयर अब कम्पनीले लिलामीमा ल्याउनेछ ।


प्रतिक्रिया दिनुहोस्