सोमबार थप २५९ जनामा कोरोना संक्रमण
काठमाडौं । सोमबार पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा २ सय ४३ जना र २ हजार ६ सय ५७ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जना गरी २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मुत्यु भएको छ भने २ सय ६४ जना निको भएका छन । हाल देशभर ६ हजार ९ सय ४४ जना संक्रिय संक्रमित रहेका छन ।
यो संगै कोरोना संक्रमण हुनेको संख्या ८ लाख २१ हजार १ सय २१ पुगेको छ । जसमध्ये ८ लाख २ हजार ६ सय ५३ जना पुगेको छ । कोरोना संक्रमणका कारण गुमाउनेको संख्या ११ हजार ५ सय २४ पुगेको छ ।













