सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । मंगलबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो ।
अघिल्लो दिन ९३ हजार रुपैयाँमा कारोबारको सुन आजका लागि भने ९३ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुनको मूल्य भने ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले वृद्धि भई १ हजार २१५ रुपैयाँ कायम भएको छ ।












