सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति घट्यो ? « Arthapath.com
७ असार २०८३, आइतबार

सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति घट्यो ?



काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ सस्तिएको छ । बिहीबार नेपाली बजारमा छापवाला सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो ।

बुधवार ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९३ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ । यस्तै, उक्त दिन चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले घटेर १ हजार २१५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने १ हजार २२५ रुपैयाँ खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्