आज कति छ सुनचाँदीको भाउ ? « Arthapath.com
९ मंसिर २०७९, शुक्रबार

आज कति छ सुनचाँदीको भाउ ?



काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य ९७ हजार ८ सय रुपैयाँ तोकेको छ।

नेपाली बजारमा अघिल्लो दिन अर्थात बिहीबार पनि सोही मूल्यमा खरिदबिक्री भएको थियो । आजका लागि तेजावी सुनको भाउ ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्यमा गिरावट आएको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँ कायम भएको छ । बिहीबार भने १ हजार ३०५ रुपैयाँ कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्