फेरि बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
१४ मंसिर २०७९, बुधबार

फेरि बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधवार सुनको मूल्य वृद्धि भएको छ । साताको चौंथो कारोबार दिन नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा २ सय रुपैयाँले वृद्धि भएको हो ।

मंगलबार ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने ९७ हजार १ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार २९० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्