रहेनन् अब बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेत, ९३ वर्षको उमेरमा निधन « Arthapath.com
१० पुष २०७९, आईतवार

रहेनन् अब बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेत, ९३ वर्षको उमेरमा निधन



काठमाडौं । बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेत मृत्यु भएको छ। संस्थापक बस्नेतको ९३ वर्षको उमेरमा आइतबार निधन भएको हो ।

ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बस्नेतको आइतबार बिहान निधन भएको बुद्ध एयरले जानकारी दिएको छ । भोजपुरको दिङ्गलास्थित साल्मामा जन्मिएका बस्नेतले भारतको बनारसबाट एलएलबीसम्मको अध्ययन पूरा गरेका थिए ।

उनले सत्तरी वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत आकाशयात्रामा जोडिएका थिए । बस्नेतले हवाई उडानलाई सहज र सरल बनाई आम सर्वसाधारणका लागि खुलासमेत गरेका थिए।

सरकारको विभिन्न उच्च ओहोदामा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेका स्व बस्नेत सर्वोच्च अदालतको न्यायाधीश, नेपाल निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, कानुन, न्याय तथा शिक्षामन्त्री (२०२४), अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री (२०२५), नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्षसमेत भएका थिए । उनी नेपाल बार एशोसिएशनको संस्थापक सदस्य पनि थिए ।


प्रतिक्रिया दिनुहोस्