सस्तियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
३ माघ २०७९, मंगलवार

सस्तियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार सुनको भाउ सस्तिएको छ । नेपाली बजारमा छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर १ लाख ५ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ४ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

साताको तेस्रो कारोबार दिन चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँ कायम भएको छ । सोमबार भने १ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्