फेरि बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
१६ माघ २०७९, सोमबार

फेरि बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महंगिएको छ । सोमबार छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको हो ।

आइतबार १ लाख ६ हजार रुपैयाँमा कारोबार भएको सुन आज भने बढेर १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ । तेजावी सुन आइतबार १ लाख ५ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ३६५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आजका लागि पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्