पहिलो सफल कार्यकालपछि बागलुङ कालिका मन्दिर गुठीको अध्यक्षमा दोहोरिए कुमार खड्का

काठमाडौं । बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिको अध्यक्ष पुन: कुमार खड्का चयन भएका छन् ।
दोस्रो कार्यकालका लागि खड्का समितिको अध्यक्षमा चयन भएका हुन् । उनको नेतृत्वमा मन्दिरको थप आकर्षण बढेको छ । भौतिक संरचरण निर्माण, पूजा संचालन, संरक्षण तथा रेखदेखका साथै अन्य थुप्रै आवश्यक व्यवस्थापकीय कार्यहरु भएका छन् ।
खड्काले धार्मिक सांस्कृतिक र ऐतिहासिक मूल्य मान्यता बोकेको मन्दिर परिसरमा जीर्ण संरचना पुरानै शैलीमा पुनर्निर्माण, मन्दिर बाहिर विद्याश्रम र धर्मशाला, धार्मिक सङ्ग्रहालय, अखण्डधुनी निर्माण तथा हवन कुण्ड निर्माण लगायतका योजना अघि सारेको थिए । यीमध्ये कतिपय योजना सम्पन्न भईसकेको छन् भने केही निर्माणाधीन अवस्थामा छन् । उनले मन्दिरलाई थप कलात्मक बनाउँदै अन्य थुप्रै भौतिक संरचनाहरु रुपमान्तरण गरेका छन् ।
अध्यक्ष खड्को प्रथम कार्यकाल निकै सफल मानिएको छ । सोही कारण उनी दोस्रो कार्यकालका लागि समितिको अध्यक्षमा दोहोरिएका हुन् । यस्तै समितिको उपाध्यक्षमा निशान खड्का, सचिवमा अर्जुन खड्का, कोषाध्यक्षमा रमेश खड्का चयन भएका छन् ।