आज भाइटिका, बिहान १० बजेर ५१ मिनेटमा उत्तम साइत « Arthapath.com
२९ कार्तिक २०८०, बुधबार

आज भाइटिका, बिहान १० बजेर ५१ मिनेटमा उत्तम साइत



काठमाडौं । आज भाइटिका अर्थात् प्रत्येक वर्ष कात्तिक शुल्क द्धितियाका दिन मनाईने नेपालको दोस्रो ठुलो चाड तिहारको मुख्या दिन । आज दाजुभाईले दिदिबहिनीबाट टिका ग्रहण गर्दैछन् ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।

यमपञ्चक अन्तरगत तिहारको पाँचौं दिन आज भाइटीका लगाएर हर्षाेल्लाहासका साथ मनाईँदै छ । दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाएर सगुन, मिठाई र फलफूल तथा उच्च क्यालोरियुक्त मसला दिने गरिन्छ ।

यसपाली भाइटीकाको साइत बिहान १० बजेर ५१ मिनेटमा उत्तम रहेको छ । पौराणिक मान्यता अनुसार यमुनाले आफ्ना दाजु यमराजलाई बिशेष सम्मानका साथ पूजा गरी टीका लगाई दीर्घायुको कामना गरेको सम्झनामा समेत भाइटीका लगाउने गरिन्छ ।पौराणिक कथा अनुसार यम र यमी (यमुना) सूर्यका सन्तान हुन् । सूर्यले विश्वकर्माकी छोरी सन्ध्यासँग विवाह गरेको उल्लेख छ । पछि सन्ध्याले सूर्यको तेज सहन नसकेर प्रतिछायाँबाट देवी छायाँको जन्म दिएर तपस्या गर्न गएको कथा पाइन्छ ।

सूर्य र छायाँका पुत्र शनि देव हुन् । उनको सौतेनी भाइ हुन् यमराज । सूर्य र सन्ध्याबाट अश्विनि कुमारको पनि जन्म भएको थियो । तर यी दुइ बालक सूर्य र सन्ध्या दुबै घोडाको स्वरूपमा मैथुन गरेर जन्माएका कारण शीर घोडाको र शरीर मावनको जस्तो बनेको कथा पाइन्छ । यी दुबै दाजुभाइ पछि देवताका धुरञ्धर चिकित्सक भएको कथा पाइन्छ ।

यमुनाले यम र शनि दुबै दाइलाइ बराबर प्रेम गर्ने भए पनि तिहारको यस भागमा यमराजलाइमात्रै टीका लगाएको कथा उल्लेख छ ।आजका दिन दिदीबहिनी र दाजुभाइ नहुनेले धर्म–दिदी वा धर्म–बहिनी बनाएर पनि भाइटीका लगाउनुपर्छ भन्ने मान्यता छ ।


प्रतिक्रिया दिनुहोस्