भोलि देशभर सार्वजनिक बिदा, सेयर बजार र बैंक तथा वित्तीय संस्था पनि बन्द हुने

काठमाडौं । भोलि अर्थात् चैत २९ गते बिहीबार सरकारले सार्वजनिक बिदा दिएको छ ।
सो दिन स्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद) को अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको हो । एक सूचना जारी गर्दै गृहमन्त्रालयले बिहीबार देशभर सार्वजनिक बिदा दिएको जानकारी गराएको छ ।
भोलि सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।
