बाढी पहिरोका कारण ७० जनाको गयो, साढे ९ करोडको क्षति « Arthapath.com
२४ असार २०८१, सोमबार

बाढी पहिरोका कारण ७० जनाको गयो, साढे ९ करोडको क्षति



काठमाडौं । अविरल वर्षा, पहिरो चट्याङ तथा बाढीका कारण साढे ९ करोड बढीको क्षति भएको छ । नेपाल प्रहरीका अनुसार देशभर ९६६ वटा घटना भएका छन् ।

हालसम्म बाढी, पहिरोका कारण ७० जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गतेदेखि आजसम्म (असार २४ गते बिहान ११ बजेसम्म) को तथ्याङ्क हो । बाढी पहिरोमा परि ७० जनाको मृत्यु भएको छ भने ८६ जना घाइत भएका छन् । ५ जना बेपत्ता भएका छन् ।

यस्तै, अनुमानित ९ करोड ५६ लाख ७४ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बाढी पहिरोकै कारण ३३५ वटा चौपाया मरेका छन् भने ८६ वटा घरमा क्षति पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्