गण्डकीका यातायात व्यवसायीको आन्दोलन स्थगित « Arthapath.com
३० जेष्ठ २०८२, शुक्रबार

गण्डकीका यातायात व्यवसायीको आन्दोलन स्थगित



काठमाडौं । गण्डकी प्रदेशका यातायात व्यवसायीहरुले आन्दोलन फिर्ता लिएका छन् । प्रदेश सरकार र यातायात व्यवसायीबीच समस्या समाधानका लागि प्राविधिक समिति गठन गर्ने भएपछि आन्दोलन फिर्ता लिएका हुन् ।

प्रदेश सरकारले राइड सेयरिङलाई वैद्यानिकता दिने प्रक्रिण अघि बढाएको थियो । त्यसपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए । राइड सेयरिङको विरोध गर्दै आइतबार गण्डकी प्रदेशभर सार्वजनिक यातायात बन्द समेत गरिएको थियो ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिवको उपसचिव प्रदीपकुमार रेग्मीको संयोजकत्वमा बनेको कार्यदल बनाइएको छ।

९ सदस्यीय कार्यदलले १५ दिनभित्र सुझावसहितको प्राविधिक प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बुझाउने सहमति भएको छ।


प्रतिक्रिया दिनुहोस्