अविरल वर्षाले कर्णाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध « Arthapath.com
१३ भाद्र २०८१, बिहीबार

अविरल वर्षाले कर्णाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध



काठमाडौं । कर्णाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । निरन्तरको वर्षाले कर्णालीको जुम्ला, कालिकोट, मुगु जोड्ने कर्णाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।

गत बुधवार राति निरन्तर रुपमा वर्ष भइरहेको छ । अविरल वर्षापछि आएको गगने खोलामा आएको भीषण पहिरोले सडक र दहिखोलामा पूलनै बगाउँदा राजमार्ग पूर्ण रुपमा बन्द भएको हो ।

राजमार्ग अन्तर्गत पर्ने गगने खोला, एस मोड, दैखोला र मेहर खोलामा आएको बाढीले पहिरोले राजमार्ग अवरुद्ध भएका छन् । हुल्म, जिते, जितेगडा, सेरिघाट लगायतका स्थान ससाना थुप्रै पहिरो आएकोले सडक खुल्न कम्तीमा ३ दिन लाग्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्