दशैँका लागि असोज १२ गतेबाट अग्रिम टिकट बुकिङ खुलाइने
काठमाडौं । दशैँ, तिहार र छठ पर्वका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी १२ असोजदेखि खुल्ने भएको छ । मंगलबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको नेतृत्वमा बसेको बैठकले आगामी शनिबारदेखि अग्रिम टिकट खुलाउने निर्णय गरेको हो ।
यसअघि भौतिक मन्त्रालयले आयोजना गरेको बैठकमा घटस्थापना अगाडि नै सडकका खाल्डाखुल्डी पुरेर सुरक्षित पार्ने, चाडबाडपछि भाडा समायोजन गर्नेसहितका सहमति भई अग्रिम बुकिङ खुलाउने सहमति भएको थियो ।
बुकिङ खुल्ला गरिएसँगै यात्रुको चाप हुने क्षेत्रमा यात्रु सहायता कक्षहरु स्थापना गरिने छ ।