बाढी पहिरो पिडितहरुका लागि एनआरएनएले १ करोड सहयोग गर्ने
काठमाडौं । बाढी पहिरो पिडितहरुका लागि गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
गत बिहीबारदेखि शनिबारसम्म लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई सो बराबरको सहयोग गर्ने भएको हो ।
एनआरएनए पहिलो चरणमा तत्काल बाढीपीडितका लागि १ करोड सहयोग गर्ने निर्णय गरेका हुन् ।