उपत्यकाबाट बाहिरिए पौने ९ लाख यात्रु « Arthapath.com
२५ आश्विन २०८१, शुक्रबार

उपत्यकाबाट बाहिरिए पौने ९ लाख यात्रु



काठमाडौं । दशैँका लागि काठमाडौं उपत्यकाबाट करिब पौने ९ लाख यात्रु बाहिरिएका छन् । बिहीबारसम्म आठ लाख ७५ हजार २०० जना यात्रुले काठमाडौं छाडेको प्रहरीले जनाएको छ । शुक्रबारसम्मको तथ्याङ्क भने आउन बाँकी छ ।

यस वर्षको दशैँमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरिए पनि बाढी पहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम बाहिरिएका हुन् ।

बस, ट्रक, ट्यांकर, सानो सवारी, माइक्रो बस, सुमो लगायत सवारीमार्फत यात्रुहरू बाहिरिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्