अछामको परिवर्तनशिल युवा क्लबले देउसी-भैलोबाट साढे तीन लाख संकलन « Arthapath.com
२० कार्तिक २०८१, मंगलवार

अछामको परिवर्तनशिल युवा क्लबले देउसी-भैलोबाट साढे तीन लाख संकलन



अछाम । अछामको चौरपाटी गाउँपालिका–१ स्थित परिवर्तनशिल युवा क्लबले देउसी–भैलोबाट साढे तीन लाख रुपैयाँ संकलन गरेको छ

मटेना टोलमा गठित सो क्लब र देवीस्थान आधारभूत विद्यालयले संयुक्त रुपमा आयोजित देउसी–भैलोबाट ३ लाख ५२ हजार ३६५ रुपैयाँ संकलन गरेको हो ।

लक्ष्मी पूजाको दिनदेखि संयुक्त रुपमा सुरु भएको देउसी–भैलो बाट उक्त रकम संकलन भएको क्लबले जनाएको छ । करिब पाँच दिनसम्म खेलिएको देउसी–भैलोबाट सो रुपैयाँ संकलन गरिएको हो ।

हरेक वर्ष क्लबले देउसी–भैलोबाट लाखौँ रुपैयाँ संकलन गर्दै आएको छ । क्लबले विद्यालयलाई प्रत्यक्ष रुपमा आर्थिक सहयोग गरिरहेको छ । क्लबको सहयोगबाट देवस्थान आधारभूत विद्यालयमा निजि श्रोतबाट दुई जना शिक्षक राखिएको छ ।

यस्तै क्लबले अन्य सामाजिक कार्य पनि गर्दै आएको छ । समाजका असहाय दुःखी र पीडितहरूलाई क्लबले आर्थिक सहयोग गर्दै आइरहेको छ । आफ्नो गाउँ टोलमा विभिन्न समयमा भएमा क्लबले समधान समेत गर्ने गरेको क्लबका अध्यक्ष देवबहादुर साउदले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्