महसुल नतिरेका उद्योगको लाइन जोड्ने प्राधिकरणको निर्णय « Arthapath.com
२७ कार्तिक २०८१, मंगलवार

महसुल नतिरेका उद्योगको लाइन जोड्ने प्राधिकरणको निर्णय



काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बिजुली काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको छ। मंगलबार ऊर्जा मन्त्रालयमा बसेको प्राधिकरणको सञ्चालक समिति बैठकले उद्योगमा लाइन जोड्ने निर्णय गरेको हो ।

आइतबारको मन्त्रिपरिषद् बैठकले टीओडी मिटरका आधारमा महसुल तिर्ने १५ दिनको अवधि दिएर लाइन जोड्ने निर्णय गरेको थियो ।

डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपयोग गरेका उद्योगले महसुल नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले कात्तिक ८ गते ३४ उद्योगको लाइन काटेको थियो ।

यता विद्युत् बक्यौता नतिर्ने उद्योगहरूको लाइन जोड्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। मन्त्रिपरिषद बैठकको निर्णयविरुद्ध अधिवक्ता खडानन्द कँडेलले रिट दायर गरेका हुन् । रिटको प्रारम्भिक सुनुवाइका लागि बुधवार पेसी तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्