सामाजिक सुरक्षा कोषको उपचार सुविधा थप फराकिलो, छोराछोरीले पनि स्वास्थ्योपचार पाउने « Arthapath.com
६ असार २०८३, शनिबार

सामाजिक सुरक्षा कोषको उपचार सुविधा थप फराकिलो, छोराछोरीले पनि स्वास्थ्योपचार पाउने



काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको सात वर्ष पुगेको छ । २०७५ मंसिर ११ गते सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ गरेको थियो।

सातौँ सामाजिक सुरक्षा दिवसका अवसर पारेर उपचार सेवा विस्तार भएको छ । कोषले योगदानकर्ता अस्पतालमा भर्ना भई उपचार गर्दा १० लाख रुपैयाँसम्मको उपचारमा ५० प्रतिशत कोषले बेहोर्न भएको छ । हाल १ लाख रुपैयाँ उपचार सुविधा उपलब्ध रहेको छ ।

त्यसैगरी, अहिले औपचारिक योगदानकर्ताको श्रीमान् र श्रीमतीमा रहेको स्वास्थ्य उपचार सेवा अब योगदानकर्ताका १८ वर्ष सम्मका छोराछोरीमा समेत बिस्तार भएको छ । कोषले आफ्नो योगदानकर्ताका लागि विभिन्न सुविधा दिँदै आएको छ । त्यसमध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दुई सुविधा घोषणा गरेका हुन् ।

कोषको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म १९ हजार ७६९ रोजगारदाता सामाजिक सुरक्षा कोषमा सूचिकृत भइसकेका छन् । वैदेशिक रोजगारीमा गएका समेत १७ लाख ९७ हजार ६४० श्रमिक कोषमा आबद्ध भएका छन् । कोषमा ६८ अर्ब ६८ करोड रुपैयाँ योगदान भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्