ग्रामीण अर्थतन्त्रलाई उकास्दै पैंचो पसल, किसान र बजारसँग जोडिएको १० वर्ष « Arthapath.com
१५ पुष २०८१, सोमबार

ग्रामीण अर्थतन्त्रलाई उकास्दै पैंचो पसल, किसान र बजारसँग जोडिएको १० वर्ष



गुल्मी । पैंचो पसलले आफ्नो १०औं वार्षिकोत्सव मनाएको छ । पसलको केन्द्रीय कार्यलय गुल्मीको रुरुक्षेत्र गाँउपालिकास्थित बलेटक्सारमा आयोजित वार्षिकोत्सव कार्यक्रममा धेरै कृषि उत्पादन गर्ने, बेच्ने र संकलक गर्ने कर्मचारीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा आफुहरुलाई कृषि पेशामा कटिबद्ध बन्न योगदान गरेको भन्दै स्थानीय कृषक समुहले पैंचो पसललाई नै सम्मान समेत गरिएको थियो ।

१० वर्षदेखि जिल्लामा किसानको कृषि उपच खरिद गर्दै देशभर पैंचो ब्राण्डबाट प्रशोधित उत्पादन गर्दै बिक्रि वितरण गदै आएको छ ।

किसानसँग प्रत्यक्ष जोडिएर काम गरेको पसलले ग्रामीण अर्थतन्त्रलाई उस्कानको लागि किसानका कृषि उपज खरिद गदै बजारमा पु¥याउने र प्राशोधित उत्पादन बनाउने काम गर्दै आएको छ ।

वार्षिकोत्सव कार्यक्रममा रुरु क्षेत्र गाँउपालिकाका अध्यक्ष यदु ज्ञवालीले पैचोले किसानलाई आत्मनिर्भर बनाउन लागि ठुलो सहयोग गरेको बताए । उनले भने ‘पैचो किसाको सारथी भएको छ । पैचोले निरन्तर किसानसँग मिलेर काम गर्दा रुरुक्षेत्र गाँउपालिका लगायत वरपरमा स्थानमा समेत कृषि कर्ममा लाग्नेको संख्या बढेको छ यसले गाउँको अर्थतन्त्रमा सहयोग पुराएको छ’,उनले थपे,‘अब गाँउमा मोवाइल चलाएर बस्ने होइन माटोमा काम गर्ने हो भने घरमै बसेर राम्रो आन्दानी गर्न सकिन्छ भनेर पैचोले सम्भावना देखाएको छ ।’

पालिकाले समेत अबका दिनका कृषि उपजमा उत्पादनको आधारमा अनुदान दिने र कृषकसँग जोडिएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । आफ्नो पालिकामा प्रधान कार्यालय राखेर १५० भन्दा बढी युवालाई रोजगारी प्रदान गरेको भन्दै ज्ञवालीले पैंचोप्रति आभार व्यक्त गरे ।

सोही अवसरमा छत्रकोट गाँउपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयले कृषिमा आत्मनिर्भर हुँदै समाजवादको बाटोमा अगाडि लाग्नु पर्नेमा जोड दिए । निजी क्षेत्रबाट पैचोले गाँउका लागि देखाएको कामले छत्रकोटका किसानलाई धेरै फाइदा भएको उनले बताए ।

पाण्डेयले भने, ‘पालिकाले ३१ वस्तुमा अनुदान दिएको छ । उत्पादनको आधारमा अनुदान दिने नीतिले कृषकमा उत्साह थपिएको छ । सबैले सकरात्मक धारणा बनाएर काम गर्ने हो भने गाँउबाट कृषि उपज शहरमा पु–याउन सकिने सम्भावना बढेको छ ।’

गुल्मीमा १० वर्ष अघि स्थापना भएको कम्पनी देशको कृषि क्षेत्रमा काम गर्ने अब्बल कम्पनी भएको पैचो पसलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । किसान र बजारसँग जोडिएको १० वर्षमा नेपालको पहाडी क्षेत्र सम्भावनाको क्षेत्र भएको पैचोले देखाएको बताए । अबका दिनमा केन्द्र, प्रदेश र स्थानीय सरकारले कृषि क्षेत्र लाग्ने कृषकहरुलाई सस्तो ऋण, अनुदानमा मल बीउ र उत्पादनको आधारमा अनुदान दिने नीति बनाउने हो नेपालको अर्थतन्त्र नै आत्मनिर्भर बन्न समय नलाग्ने उनले बताए ।

सोही अवसरमा प्रवन्ध निर्देशक धुव्र न्यौपानेले पैंचोले पहाडमा कृषि क्षेत्रमा सम्भावनाको उजागर गरेको बताए । उनले भने,‘सानो लगानीमा स्थापना गरेको पैचो अहिले १५ करोड भन्दा बढि छ । गाँउका ५ सय जना किसानलाई रोजगारी दिन सक्नु महत्वपूर्ण उपलब्धी हो । कृषि सम्भावना र अवसरको क्षेत्र हो ।’

अबका दिनमा किसानसँग जोडिएर काम गर्न लगानी र प्रविधि विस्तार गरेर अगाडि बढ्ने बताए ।

उद्योग वाणिज्य संघको वलेटक्सार शाखा अध्यक्ष तोयनारायण ज्ञवालीले पैंचो जस्तो कृषिमा आधारिक कम्पनीले गाउँमा उद्योग खोलेर रोजगारी प्रदान गरेको भन्दै प्रसंशा गरे । उनले राज्यले गर्न नसकेको काम गरेको बताए ।

पैंचो कम्पनीले खेर गइरहेको तरकारीलाई आम्दानीको स्रोत बनाउन बाटो देखाएको स्थानीय किसानहरु बताउँछन् । आम्दानी गर्न गाँउ छोड्नुपर्ने बाध्यता हट्दै गएको समेत उनीहरुको तर्क छ ।

कार्यक्रममा दशौं वार्षिकोत्सवको अवसरमा प्रकाशित पैचोको स्मारिका ‘पैचो प्रवाह’ विमोचन गरिएको थियो । उत्कृष्ट किसानलाई समेत सम्मान गरिएको थियो । सर्वोत्कृष्ट कृषकमा इमानसिंह राणा, उत्कृष्ठ संकलन शालिकराम ज्ञवाली, उत्कृष्ठ कृषक रामबहादुर नेपाली, भुवन खनाल, कमला घिमिरे, मिना शिरिष, पुनाराम ढकाल लगायतलाई नगदसहित सम्मान गरिएको थियो ।

यस्तै कम्पनीले बजार विभागको कर्मचारीमा धुब्र पौडेललाई समेत सम्मान गरेको थियो । कार्यक्रममा पैचोमा समानखरिद गर्ने भाग्यशाली ५० जनालाई लक्की ड्र मार्फत उपहार घोषणा गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्